Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024
     काल्पनिक कलाकृति: नाशा यसपटक चन्द्रमामा फर्कंदा त्यहाँ रहने बन्दोबस्त मिलाउन खोजिरहेको छ ।

काठमाडौं – अमेरिकी अन्तरिक्ष संस्था नासाले २८ अर्ब अमेरिकी डलर खर्च हुने एउटा योजना सार्वजनिक गर्दै सन् २०२४ मा चन्द्रमामा पुनः जाने औपचारिक रूपरेखा सार्वजनिक गरेको छ । उक्त मिशनमा पहिलो पटक चन्द्रमाको सतहमा महिलालाई ओरार्ने योजना समावेश गरिँदैछ ।

आर्टिमस नाम दिइएको त्यस अन्तरिक्ष कार्यक्रममा नासाले पाँच दशकपछि चन्द्रमामा पठाउन एक पुरुष र एक महिलालाई पठाउँदैछ । चन्द्र सतहमा यसअघि सन् १९७२ मा अन्तिम पटक मानव पाइला टेकिएको थियो ।

कस्तो छ मिशन ?
नासाको समयरेखा उक्त कार्यक्रमको एउटा अवतरण प्रणाली बनाउन अमेरिकी संसद्ले ३.२ अर्ब कसरी निकास दिन्छ भन्ने कुरामा निर्भर हुन्छ । अन्तरिक्षयात्रीहरू ओरीअन नाम दिइएको अपोलोजस्तै यात्रुवाहक यानमा चन्द्रमामा पुग्नेछन् ।

त्यसलाई एसएलएल नामक शक्तिशाली रकेटले प्रक्षेपण गर्नेछ । नासाका प्रशासक जिम ब्रिडेन्सटिनले भने- ‘अट्ठाइस अर्ब डलरले आर्टिमस कार्यक्रमको आउँदो चार वर्षको खर्च समेट्छ । त्यसमा रकेट, क्याप्स्यूल, मानव अवतरण प्रणाली र अन्तरिक्षयात्रीले लगाउने परिधानको खर्च जोडिन्छ ।’उनका अनुसार ३.२ अर्ब डलर सन् २०२१ को मानव अवतरण प्रणालीका लागि भएको र त्यसैले त्यो रकमको ठूलो रणनीतिक महत्त्व छ । अमेरिकाको तल्लो सदनले यसअघि नै एउटा विधेयक अनुमोदन गर्दै चन्द्रमामा अवतरण गर्ने यानको लागि ६० करोड डलर छुट्याएको छ । तैपनि त्यो यान निर्माणको काम पूरा गर्नका लागि नासालाई थप रकम चाहिनेछ ।

को होलिन् ती महिला ?
सन् २०१९ को जुलाई महिनामा नासाका प्रशासक ब्रिडेन्सटिनले सीएनएनसँग कुरा गर्दै चन्द्रमा पुग्ने महिला अन्तरिक्षयात्री कस्तो हुने भनेर खुलाएका थिए ।

उनको भनाइमा ती महिला ‘राम्रोसँग अन्तरिक्ष उडानको अनुभव भएकी र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा बसिसकेकी’ व्यक्ति हुनेछिन् । उनले ती महिना अन्तरिक्षयात्रीको समूहमा परिसकेकी व्यक्ति हुने जनाएका थिए ।

            नासासँग यतिखेर १२ जना सक्रिय महिला अन्तरिक्षयात्रीहरू छन्

यस अन्तर्वार्ताको समयमा त्यस्ता १२ सक्रिय महिला अन्तरिक्षयात्री छन् । उनीहरूसँग गत वर्ष मात्र नासाबाट तालिम पूरा गरेका पाँच महिला पनि थपिएका छन् । उनीहरू सन् २०२४ सम्म चन्द्रमामा जान आवश्यक मापदण्डमा पर्छन् कि पर्दैनन् भन्ने स्पष्ट छैन । चन्द्रमामा जाने अन्तरिक्षयात्रीको चयन प्रक्षेपण हुनुभन्दा कम्तीमा दुई वर्षअघि हुने बताइएको छ ।

अमेरिकी चाहना, चीनको चासो
चन्द्रमामा पुन: मानिसलाई पठाएर ह्वाइट हाउसले अन्तरिक्षमा आफ्नो देशको अग्रता नवीकरण गर्न चाहेको छ । अमेरिकाले चन्द्रमाको दक्षिणी ध्रुवबाट महत्त्वपूर्ण मानिने हिउँ खोज्ने योजना बनाएको छ ।

त्यो भेटियो भने चन्द्रमामै रकेटलाई चाहिने इन्धन बनाउन प्रयोग गर्न सकिनेछ । पृथ्वीबाटै इन्धन बोकेर लैजानुभन्दा सस्तो समेत हुने त्यस्तो कामले चन्द्रमामा आधारित हुने अर्थतन्त्रको आधार तयार पार्नेछ । तर उपराष्ट्रपति माईक पेन्सले चीनको अन्तरिक्ष महत्त्वाकाङ्क्षा जोडेर चासो व्यक्त गरिरहेका छन् ।

सन् २०१९ को ज्यानुअरीमा चीन चन्द्रमाको त्यस्तो कुनामा रोबटसहितको यान नियन्त्रित रूपले उतार्न सफल भएको थियो । उक्त मिशनले चन्द्रमाको माटो पृथ्वीको प्रयोगशालाका लागि ल्याउने तयारी गर्दैछ । चीनले अहिले त्यस्तो अन्तरिक्षयान विकास गरिरहेको छ जसमा चिनियाँ अन्तरिक्षयात्रीहरू चन्द्रमाजस्तो भित्री अन्तरिक्ष गन्तव्यमा पुग्न सक्नेछन् । चीनको लक्ष्य सन् २०२४ भित्रै त छैन तर यो दशकको अन्त्यसम्ममा उसले त्यस्तो लक्ष्य बनाउन सक्ने ठानिएको छ ।

यसरी पुग्नेछन्
नासाको योजनाअनुसार पहिलो चरणमा मानवरहित एउटा परीक्षण उडान सन् २०२१ को शरद् याममा हुनेछ । आर्टिमस-१ नाम दिइएको उक्त यान चन्द्रमाको फेरो लगाएर फर्कनेछ । नासाकी ह्यूमन स्पेसफ्लाईट प्रमुख क्याथी ल्विडर्सका अनुसार एक महिना त्यसरी बिताउँदा उक्त यानले सबै महत्त्वपूर्ण प्रणालीहरूको परीक्षण गर्नेछ ।

आर्टिमस-२ ले भने चन्द्रमाको परिक्रमा गर्ने त्यस्तै उडान तर यात्रुसहित गर्नेछ । यस मिशनमा थपिएको नयाँ सुविधामा रकेटबाट ओरीअन छुट्टिएपछि चन्द्रमामा अवतरण र उडानका लागि यात्रुले अन्तरिक्षयानलाई आफैँ नियन्त्रणमा लिन सक्नेछन् । उक्त सुविधाले ओरीअनको काम गर्ने क्षमतालाई बलियो बनाउनेछ ।

             पहिलो चरणमा मानवरहित एउटा परीक्षण उडान सन् २०२१ को शरद् याममा हुनेछ

आर्टिमस-३ भने झन्डै ४८ वर्षअघि अपोलो-१७ पुगेपछि चन्द्रमामा मानिस अवतरण गराउने पहिलो मिशन हुनेछ । नासाले विभिन्न कम्पनीलाई ९०.७ करोड डलर दिएर चन्द्रमामा अवतरण गर्ने यानको डिजाइन र निर्माणको जिम्मा दिएको छ । यो दशकको अन्त्यतिर नासाले चन्द्रमामा मानव आधार केन्द्र बनाउने योजना बनाएको छ ।

आर्टिमस आधार शिविर नाम दिइने त्यस्तो कार्यक्रममा चन्द्रमामा लामो समय बिताएर खोज-अध्ययन गर्ने पूर्वाधार बनाइनेछ । सन् १९६० र ७० को दशकमा अपोलो कार्यक्रमका लागि अहिलोको मुद्रास्फीतिसँग समायोजन गर्दा २५० अर्ब डलरभन्दा बढी रकम खर्चिएको थियो ।

तर नयाँ योजनाको लागि छुट्याइएको बजेटमा ओरीअन यान र अन्तरिक्ष प्रक्षेपण प्रणाली अर्थात् एसएलएस रकेटमा पहिल्यै खर्चिएको रकम समाविष्ट छैन । –बीबीसी 

तपाईको प्रतिक्रिया