Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

हुन त आजको विश्व प्रविधिले एउटा गाउँमा परिणत भएको छ । बिहान पेरिसमा ब्रेकफाष्ट गरेको मान्छे साँझ डिनर गर्न अर्कै ध्रुबमा पुग्न सक्ने भएको छ । सूचना र सञ्चारको सुबिधाले एउटै भान्सा र एउटै बेडरुमका आफन्तभन्दा टाढाको मित्र प्रिय बनाईदिएको छ । पूजापाठ, धर्मकर्म, सभा, गोष्ठी, सेमिनार अब सबै अनलाइनमा हुन थालिसके । मान्छेहरु यति सुबिधाभोगी भईसके कि मिल्नेभए गास, बास, कपास पछिको अर्को महत्वपूर्ण आवश्यकता सहबास र सन्तान जन्माउन पनि अनलाइन नै प्रयोग गर्ने थिए । आफ्नो पुर्ख्यौली थातथलोप्रतिको मोह मलिन हुँदै गएको छ । हाम्रा भान्सामा अर्गानिक जिनिस भन्दा बजारिया जंकफुडले स्थान पाउन थालेका छन् । किसानहरुको खाजा समेत मेलापातमा बजारिया पदार्थ बिकाउ माल बन्न पुगेका छन् ।

मानिसहरु आफ्ना पितापुर्खाले अंगाल्दै आएको पेशाभन्दा भिन्न पेशा र भिन्न भूगोलमा रमाउन थालेका छन् । त्यसैको परिणामस्वरुप नेपालीहरुको विदेशिने सँस्कार अझ झांगिदो छ । पाकिस्तानको लाहोर हुँदै लाहुरे हुने सँस्कार अब सेना, प्रहरी, चौकीदार, कार्यालय सहायक, ड्राइभरका रुपमा मात्र सीमित रहेन । विश्वका पाँचै महादेशका करीव १ सय ३५ भन्दा बढि मुलुकहरुमा अहिले नेपालीहरु पुगेको बताईन्छ । उच्च जनशक्तिदेखि मजदुरसम्मको काममा नेपालीहरु बिदेशमा पौरख गरिरहेका छन् । यो पौरखलाई देशभित्रै सहि उपयोग गरेर क्याश गर्न सके बेलैमा देश उभों लाग्दो हो । यतातिर राज्यले अझै पनि बैज्ञानिक र आकर्षक नीति बनाउन नसक्दा झिटीगुन्टा बोकेर मुग्लान् भासिने युवाहरुको लामबन्दी घट्दो हैन बढ्दो क्रममै देखिन्छ ।

कुरै कुरामा नेपालीहरुको माइग्रेशन ट्रेण्ड सम्बन्धी अध्येता समेत रहेकी जापानको एक प्रतिष्ठित विश्वविद्यालयकी प्राध्यापकले भनेकी थिईन् – अपवाद बाहेक विदेशमा रहेका नेपालीहरुको गोल फिक्स छैन, उनीहरु के का लागि विदेश बस्ने, कहिलेसम्म बस्ने र कहिले फर्कने वा नफर्कने, फर्केर के गर्ने कुनै निर्धारित योजना नभएकोले नेपालीहरुको विदेश बसाई अनिश्चित छ । जीवनको लक्ष र डेटलाइन नै अनिश्चित भएपछि उनीहरु कुहिरोमा हराईरहेको कागझैं देखिन्छन् । यो भनाईमा धेरै हदसम्म सत्यता यस मानेमा छ कि, हामी विदेशमा अब कति वर्ष बस्छौं भन्ने प्रश्नको सहज उत्तर आउन जो कोहीबाट गाह्रो छ । आफ्नो जिन्दगीको राजमार्ग पहिलै तय गर्न नसक्ने हाम्रो पुरानै रोग हो । पूर्ण कुनैमा पनि हैन तर अलिअलि नेतागिरी, अलिअलि दादागिरी, अलिअलि साहित्यकार, अलिअलि समाजसेवी, अलिअलि ब्यवसायी, अलिअलि गीत-संगीत, २, ४ लाइन घोचपेचका कुण्ठा लेखिहाल्ने अलि अलि लेखक-पत्रकारिता, अलिअलि स्वघोषित विद्वान, अलिअलि स्वघोषित वकिल तथा न्यायाधिश, अलिअलि अधिकारकर्मी, अलिअलि अभियान्ता लगायत एउटै जीवनमा हामी सबै हुन खौज्छौं तर वास्तविकतामा हामी कुनै एकमा पनि पर्फेक्ट हुन सक्दैनौं । त्यसैले एउटा भनाई छ, नेपालीहरुले नजानेको र थाहा नभएको केही छैन तर एउटा कुरो मात्र उनीहरुलाई थाहा छैन, त्यो हो आफ्नो काम । यसकारण पनि हाम्रो जीवन दलदलमा फस्दै गएकोले केश सेताम्मै र शरीरमा हाड-छाला मात्र बाँकी रहँदासम्म पत्तै पाउँदैनौं । विदेशमा बस्ने औसत नेपालीहरु यहि अवस्थाबाट गुज्रिरहेका छन् भन्दा अतिशयोक्ति नहोला । यस बिषयले जबरजस्तरुपमा एउटा छुट्टै बहसको माग गर्दछ ।

विदेश पलायन भन्ने शब्द सुन्दैमा आफैलाई नै घोचे झैं चसक्क बिझाउँछ । तर निश्चित अवधिका लागि बिदेश नभोगेसम्म आजको बिश्व बुझ्न सकिदैन, जीवनको यथार्थ बुझ्न सकिदैन । पढेर भन्दा भोगेर र घुमेर धेरै बुझ्न सकिन्छ । यसो भन्दैमा आफ्नो माटोप्रतिको दायित्व भुल्न पटक्कै मिल्दैन । सुबिधा सम्पन्न बिदेशको रमझम, रोजगारी, आकर्षक कमाई, यतैको अभ्यस्त जीवनशैली, एकपछि अर्को बढ्दो चाहनाले लम्बिदो बिदेश बसाईलाई चटक्कै बिट मार्न हामीलाई धेरैपटक सोच्नुपर्ने बनाईदिएको छ । ऊर्जाशील समय हुञ्जेल बिदेशमा घोटिएर स्खलित शरीर लिएर स्वदेश फर्के पनि बिरानिएका जोरीपरीहरुले धारेहात नलगाउलान् भन्न सकिन्न । त्यसकारण अबको बसाई कहिलेसम्म भन्ने सम्बन्धमा समयसीमा निर्धारण गरेर अगाडि बढ्नुपर्ने बेला आएको छ । जीवनमा रहर र इच्छाको भकारी त कहिलै भरिदैंन भन्ने हरेकलाई अवगत भएकै कुरो हो ।***

तपाईको प्रतिक्रिया