शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौँ – ब्राजिलियन फुटबलर नेइमारले आफु पिएसजीमै बस्ने बताएका छन् । पिएसजीको म्यागजिनलाई दिएको एक अन्तर्वार्तामा नेइमारले आफु पिएसजीमै बस्ने बताउदै अर्को बर्ष च्याम्पियन्स लिग फाइनल फेरी खेल्ने बताएका छन् ।

उनले भनेका छन् – म पिएसजीमै बस्छु, साथै अर्को बर्ष च्याम्पियन्स लिग फाइनलमा फर्किने लक्ष्यसहित पिएसजीमै छु । यस पटक च्याम्पियन्स लिग जित्ने छौं । यसको पछाडी क्लबको इतिहासमा मेरो नाम लेखाउनु पनि हुने छ ।’

इन्जुरी र विवादका कारण चर्चामा आइरहने नेइमार कोरोना महामारी पछि पिएसजी बस्ने भएका हुन् । कोरोना महामारी अघि सम्म उनी हरेक दिन बार्सिलोना फर्किने र पिएसजी छोड्ने भन्दै चर्चामा रहने गर्दथे ।

तर यस सिजनमा क्लबको इतिहासमै पहिलो पल्ट पिएसजीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याउन नेइमारले ठुलो भूमिका खेलेका थिए । फाइनलमा बायर्न म्युनिखसँग पराजित भएपछि पिएसजी इतिहास बनाउनबाट चुकेको थियो ।

नेइमारले यस सिजनका २७ खेल मात्र खेले भने १९ गोल र १२ असिस्ट गरेका थिए । इन्जुरीका कारण मैदान बाहिर हुदा उनी धेरै समय खेल्न सकेनन् भने कोरोना महामारीएल फ्रेन्च लिगका सबै खेल पनि हुन सकेका थिएनन् ।

२०१७ मा कीर्तिमानी २६४ मिलियन डलरमा बार्सिलोनाबाट पिएसजी आएका नेइमार शुरुका दिनमा पिएसजीमा असजिलो महसुस गरेपनि अब भने पिएसजीमै बस्ने बताउन थालेका छन् । कोरोना महामारीका कारण बार्सिलोनाले नेइमारलाई फिर्ता लैजाने योजना स्थगित गरेपछि नेइमारले पिएसजी छोड्ने आफ्नो योजना बदलेको बुझ्न सकिन्छ ।

तपाईको प्रतिक्रिया