Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

टोकियो – विश्वभर भर्खर मात्रै ५जी टेक्नोलोजी आउँदैछ । विकसित मुलुकहरुले ५जी नेटवर्क बिस्तार गरिरहेका छन भने ५जी डिभाइसहरु पनि सिमितमात्रामा बजारमा उपलब्ध रहेका छन् ।

अहिले पनि कयौं मुलुकहरुले ५जी नेटवर्क विकास गर्ने तयारी गरिरहेको छ, केहि मुलुकहरुले २०२० सम्ममा ५जी नेटवर्क देशभर लगाएपनि अन्य मुलुकहरुमा भने अझै ५जी चरणबद्धरुपमा आउनेछ ।

५जी को शुरुवात भइरहेका बेला जापानले भने त्यसपछिको प्रविधिको अनुसन्धानमा छ  ।

सन् २०३० भित्र सिक्सजी प्रविधि विकास गरिसक्ने जापानको लक्ष्य छ । जापानअघि नै चीनले पनि यस्तैखाले अनुसन्धान गर्ने निकाय गठन गरी फाइभजी पछिको प्रविधिको अनुसन्धान सुरु गरिसकेको छ । अहिले भने फोरजीलाई विस्थापित गर्दै फाइभजी प्रविधि राख्नका लागि विभिन्न देशका कम्पनीहरूबीच होडबाजी छ ।

केही सीमित देशले मात्र फाइभजी प्रविधिलाई सुरु गर्ने तयारी गरेका छन् । फाइभजी प्रविधि नै अहिले चल्तीमा रहेको फोरजीभन्दा सयौं गुणा तीव्र हुनेछ भने त्यसपछिको प्रविधि सिक्सजी कति धेरै तीव्र होला ? यो भने अनुसन्धानपछि नै पत्ता लाग्नेछ ।

तपाईको प्रतिक्रिया