Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

टोकियो – जापानी इलेक्ट्रोनिक्स कम्पनी स्काइ ड्राइभ इन्क उड्ने कार अर्थात फ्लाइङ कार निर्माणमा सफल देखिदै आइरहेको छ । कम्पनीले गत वर्ष सो कारको परीक्षण पनि गरेको थियो ।

कम्पनी अनुसार यो कार सन् २०२३ सम्ममा बजारमा आउने र २०३० पछि व्यक्तिले किनेर शहरमा उडाउन पाउने जनाइएको छ ।

कम्पनीका अनुसार सो फ्लाइङ कार मानवरहित उडानका लागि निर्माण गरिएको जनाइएको छ ।

सो फ्लाइङ कार हेर्दा ड्रोन जस्तो ठूलो मेशिन आकारको देखिन्छ ।

यो उड्ने कार निर्माणका लागि जापानी सरकारले समेत सहयोग गरेको छ ।

उड्ने कार निर्माण तथा प्रवर्धनमा जापानका साथै दुबई, सिङ्गापुर, न्युजिल्याण्डलगायत देश समेत लागेका छन् ।

तपाईको प्रतिक्रिया