शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – कुनै समय मास्कलाई मजल्स (जनावरको मुखमा लगाइने), किटाणु कवच र डर्च ट्रयाप्स् अर्थात् फोहोर टिप्ने वस्तु पनि भनिन्थ्यो । यसले मानिसको नाकलाई सुँगुरजस्तै बनाइदिएको थियो । केहीले कुकुरलाई मास्क लगाइदिएर यसको मजाक पनि बनाउँथे । फटाहाहरुले बैङ्क लुट्न यसको प्रयोग गर्थे ।

एक शताब्दीअघि १९१८ मा जब अमेरिकामा इन्फ्लुएन्जाको महामारी देखियो, गज र चिज कपडाको मास्क भाइरसविरुद्धको युद्धमा काम आएको थियो । त्यतिबेला स्वास्थ्य अधिकारीहरुले रोगको फैलावट कम गर्न मास्क प्रयोग गर्नुपर्ने तर्क गरेका थिए, त्यतिबेला पनि अहिलेजस्तै केही व्यक्तिले प्रतिरोध गरेका थिए ।

अहिले कोरोनाभाइरसको रोकथामको लागि मास्क लगाउनु सबैभन्दा प्रभावकारी तरीकामा प्रमाणित छ ।

जापानमा लामो समयदेखि मास्क लगाउने चलन छ । अर्थात् मास्क लगाउनु जापानमा कुनै नौलो चलन होइन । यहाँका अधिकांस मानिसहरु मास्क लगाउनु पर्ने कुरामा सचेत रहेको देखिएता पनि राजधानी टोकियोमा कोरोना रोकथामको लागि मास्क लगाउनु पर्ने कुराको निन्दा गर्दै “एन्टी मास्क”हरूको सानो समूह रहेको छ ।

आइतबार टोकियोको शिबुयामा कोरोना सामान्य रुघा खोकी भएको र कोरोनाको रोकथामको लागि गरिने सामाजिक दुरी, मास्क जस्ता कुरा आवश्यक नभएको भन्दै मास्क बिनाका प्रदर्शनकारीको भेला देखिएको थियो । जापानको लोकप्रिय सार्वभौम पार्टीका लिडर मासायुकि हिरात्चुकाको नेतृत्वमा भएको उक्त प्रदर्शनीमा साना बच्चा र बच्चाका आमाहरु पनि मास्क बिना सहभागी थिए ।

यसका साथै सो समुहले टोकियोको व्यस्त रेलसेवा यामानोते लाइनमा मास्क बिना हिड्ने योजना बनाएको थियो । सयौं मानिसहरु भेला हुने अपेक्षा गरिएको भएता पनि सो प्रदर्शनीमा भने केवल एक दर्जनको संख्यामा मानिसहरु उपस्थित थिए ।

जापानमा मास्क अनिवार्य लगाउन आग्रह गरिएको छ तर नेपाल रअन्य देशहरुमा जस्तो मास्क नलगाएमा जरिवाना जस्ता सजाए केहि पनि तोकिएको भने छैन ।

तपाईको प्रतिक्रिया