शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौ –  स्वास्थ्यमन्त्री भानुभक्त ढकालले  नेपालमा अहिले कोराना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएका छन्। परोपकारी प्रसुती तथा स्त्रीरोग अस्पतालको ६१ औँ बार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री ढकालले विज्ञहरुले अहिले कोरोनाको उच्च जोखिम रहेकाले संक्रमितको दर बढ्ने बताएका छन्।

‘साउन २५ देखि भाद्र २ सम्म कोरोना उच्च जोखिमको अवस्था रहेको छ। यही अवस्थामा जोखिम कायम रहिरहे ९१ हजार पोजेटिभ देखिन्छन्। र, मध्यम खालको रहेका ३९ हजार पुग्छन् भन्ने हाम्रो अनुमान हो’ उनले भने,’ त्यसका लागि हामीले व्यवस्थापन गर्नुपर्छ  नियन्त्रण गर्न लागिपरेका छौँ।’ ‘आजसम्म नेपालका करीब २४ हजार संक्रमित रहेका छन, कोरोना नियन्त्रणमा सरकार लागिरहेको छ। असार १९ गते ४४ सय ८३ पीसीआर गर्दा ७४० कोरोना संक्रमित अहिलेसम्म धेरै हो’ उनले भने, डिस्चार्ज भएका पनि ७३ प्रतिशतबाट घट्ने क्रममा रहेका छन्’ ‘सुरुबाट पोजेटिभ केस थोरै देखिए पनि त्यसबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ।

तर, मलाई लाग्छ सरकारले कोरोना नियन्त्रणमा सक्दो प्रयास गरिरहेको छ’ उनले भने, ‘पछिल्ला दिनमा उच्च १० हजार ७ सय  ८३ को पीसिआर गर्दा २२४ पोजेटिभ देखिएको थियो।’ ‘पछिल्ला दिनमा दुई सूचक हाम्रा लागि राम्रो नभएको बताए। विश्वलाई नियाल्दा पहिले भयावह भएको ठाउँमा फेरि बढेको रेकड छैन’ उनले भने, ‘हिजो जहाँ झिल्को देखिएकाे थियो  त्यही डडेलो देखिएको छ। विरगञ्ज, नेपालगञ्ज लगायतको क्षेत्रलाई लिन सक्छौँ।’  भारतमा कोरोना नियन्त्रण नगरिकन नेपालमा हुन नसक्ने ढकालको भनाइ छ।

‘भारतमा दिनमा करिब १ लाख संक्रमित भइरहेका छन्। त्यसैले नेपालमा न्यूनिकरण गरेर आफ्नो काम बढाउनुपर्छ । उनले भने, ‘पछिल्ला दिनमा कोरोना संक्रमित उच्च छन्। आज बिहानसम्म ४४६ जना कोरोना देखिसकेका बेलुकासम्म बढछन् अझै जोखिमा कायमै छ।’ सरकारले अहिलेसम्म व्यवस्थित रुपमा पीसिआर परीक्षण गरिरहेको बताए। विश्व आफ्नो कैद गर्न सक्छु भन्नेहरु नै थरर कामेर बसेको उनले बताए।

जस्तोसुकै अवस्था सिर्जना भएपनि कोरोना संक्रमित बिरामीको उपचार जिम्मा सरकारले लिन्छ। जनताको स्वास्थ्य राज्यले लिन्छ, बिरामीको उपचार राज्यले गर्न नयाँ निती कार्यक्रम ल्याएका छौँ। लागू गर्ने अवस्थामा पुग्न भ्याएका छैनौँ’ उनले भने।

तपाईको प्रतिक्रिया