शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौँ – विश्वकै पहिलो कोरोना भ्याक्सिन भोलि आउँदैछ । भोलि अगष्ट १२ मा यो भ्याक्सिन दर्ता गर्नको लागि पूर्ण तयारी अवस्थामा छ ।

विशेषज्ञ तथा डाक्टरहरुले यो नै कोरोना विरुद्धको विश्वको पहिलो भ्याक्सीन हुने बताएका छन् । यो भ्याक्सीनको विकास रुसको गमलेया रिसर्च इन्स्टीट्यूटले गरेको छ । यो संस्था रुसको स्वास्थ्य मन्त्रालयउको अधिनमा छ ।

रुसका स्वास्थ्य मन्त्री मिखाईल मुराश्कोका अनुसार यदि अन्तिम चरणको ह्यूमन ट्रायल सफल भएको खण्डमा अक्टोबर सम्ममा देशमा कोरोनाको भ्याक्सीन दिन शुरु गरिनेछ ।

यो विश्वको पहिलो सफल भ्याक्सिन प्रमाणत हुने दावी गरिएको छ ।

तपाईको प्रतिक्रिया