शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – मौरिससको सामुन्द्रिक तटमा रहेको जापानी कम्पनि नगासिकी सिपिंगको एमभी वाकासियो नामको जहाजबाट इन्धन चुहिन बन्द भएको छ ।

गत दुई हप्तादेखि एमभी वाकासियो जहाजबाट हजारौं लिटर इन्धन चुहिएपछि पर्यावरणीयआपत्काल घोषणा गरिएको थियो।

ठुलो मात्रामा सामान ओसारप्रसारको लागि प्रयोग गरिने जहाज वाकासियो ढुंगामा फस्दा तल्लो भागमा प्वाल परि तेल चुहावट शुरु भएको थियो । एम भी वाकाशियो २५ जुलाईमा चार हजार टन इन्धन सहित हिन्द महासागरको कोरल किनारमा ठोकिएको थियो ।

जहाजका मालिक, नगासिकी सिपिंगको अनुसार, खराब मौसम र हुस्सु लागेको कारण जहाज दुर्घटना भएको र तेल चुहावट भएको हो ।

चुहावटको कारण करिब एक हजार टन तेल समुन्द्रको पानिमा मिसिएको छ । वातावरणविज्ञहरुले यसले देशको इकोसिस्टममा नराम्रो प्रभाव पार्ने बताउछन् । तेल चुहाबाट वातावरणको लागि घातक प्रमाणित भएको छ, यसले सामुन्द्रिक वन्यजन्तुको पुरै वंश नै नष्ट गर्नसक्छ र तेल सफा गर्न वर्षौं लाग्ने गर्दछ ।

नागासिकी सिपिंगले मौरिससका नागरिकसंग माफी माग्दै वातारवरण प्रदुषण हुनबाट जोगाउन सक्दो प्रयास गर्ने बताएको छ ।

वन्यजन्तु संरक्षणमा कार्यरत स्वयंसेवकले हजारौं साना कछुवा तथा अन्य दुर्लभ बोटबिरुवा बचाउन लागिपरेका छन् ।

चीनबाट ब्राजिल जाँदै गरेको उक्त जहाजमा दुई सय टन डिजेल र तीन हजार आठ सय टन तेल रहेको थियो ।

विश्वको सबै भन्दा अधिक टुना माछा निर्यात गर्ने राष्ट्र मरिससमा सामुन्द्रिक प्रदुषणको कारण त्यहाँको खाना र स्वास्थ्यमा नराम्रो असर पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया