शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौँ – लेबननका प्रधानमन्त्री हसन डिएबसहितका सबै मन्त्रीहरूले राजीनामा दिएका छन् ।

गत मंगलबार राजधानी बेरुतमा भयानक विस्फोट भएपछि सरकारी विरोधी आन्दोलन चर्किएको थियो।

सोमबार साँझ राष्ट्रिय टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री हसनले आफूसहित सबैको राजीनामा घोषणा गरेका हुन्। उनले आफ्नो राजीनामा लेबनानका राष्ट्रपति माइकल आउनलाई बुझाएका हुन्। राजीनामाले छिट्टै औपचारिकता पाउने बीबीसीमा उल्लेख छ।

नेताहरुको बेवास्ता र भ्रष्टाचारका कारण देशको अवस्था खराब बनेको तथा सोही कारण बिस्फोट भएको आरोप लगाउँदै जनस्तरमा आक्रोश चुलिएपछि लेबनन संकटमा फस्दै गएको छ ।
कम्तीमा २२० जनाको ज्यान जाने गरी गत मंगलबार बेइरूतमा भएको बिस्फोटमा ६ हजारभन्दा बढी मानिस घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया