Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक ०८, २०८१
Thursday, October 24, 2024

काठमाडाैं – भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना पोजेटिभ देखिएको छ । आइतबार परीक्षण गर्दा आफूमा कोरोना संक्रमणको पुष्टी भएको शाहले ट्वीटर मार्फत जानकारी गराएका छन् ।

उनी हाल चिकित्सकको निगरानीमा रहेका छन् । आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई कोरोना परीक्षण गराउन उनले आग्रह गरेका छन् । कोरोनाको संक्रमण देखिएपनि आफ्नो स्वास्थ्य अवस्थामा भने सामान्य रहेको शाहको भनाई छ ।

‘कोरोनाको लक्षण देखिएको मेरो स्वास्थ्य अवस्था भने सामान्य छ, मेरो सम्पर्कमा आउनुभएकाहरुले स्वास्थ्य परीक्षण गराएर आवश्यक भए आइसोलेसनमा बस्नुहुन म अनुरोध गर्दछु,’ उनले ट्वीटरमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया