Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

टोकियो – बेलायतले अघिल्लो हप्ता चिनियाँ प्रविधि कम्पनी हुवावेमाथि फाइभजी नेटवर्क उपकरण आपूर्तिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । बोरिस जोन्सनको सरकारले यसै वर्षको अन्त्य अर्थात ३१ डिसेम्बरदेखि हुवावेमाथि प्रतिबन्ध लगाउने निर्णय लिइसकेको छ ।

हुवावेले आफ्नो सुरक्षा जोखिम बढाउने निश्कर्ष निकाल्दै बेलायत सरकाले यस्तो निर्णय लिएको थियो । सरकारले आगामी सात वर्षभित्र हाल प्रयोगमा आएका हुवावेका उपकरण समेत प्रतिस्थापन गरिसक्नुपर्ने निर्देशन त्यहाँका दूरसञ्चार सेवा प्रदायकलाई दिइसकेको छ ।

फाइभजी प्रविधिमा अब्बल मानिएको चिनियाँ कम्पनी हुवावेमाथि प्रतिबन्ध लगाएसँगै अब बेलायतमा फाइभजी विस्तारमा कसले बाजी मार्न सक्छन् भन्ने विषय चर्चामा छ ।

जापानसँग माग्यो सहयोग
यसैबीच बेलायतले फाइभ-जीको लागि जापानसँग सहयोग मागेको छ । अन्तर्राष्ट्रिय संचार माध्यमकाअनुसार हालै बेलायतले हुवावेको फाइभ-जीको विकल्पमा जापानसँग फाइभ-जी प्रविधि विकासको लागि सहयोग मागेको हो ।

बेलायतका प्रविधि मन्त्री ओलिभर डाउडेनले सरकारले फाइभजी उपकरणमा हुवावेको प्रतिस्पर्धी कम्पनीको रुपमा अर्को कम्पनी तयार पार्न प्रोत्साहन गरिरहेको बताएका छन् । त्यसका लागि जापान, स्वीडेन, दक्षिण कोरिया र फिनल्याण्डमा रहेका कम्पनीहरुलाई उपकरण निर्माण अघि बढाउन आग्रह गरिएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया