Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

टोकियो – मंगल ग्रहमा यूएईले अमाल नामक यान पठाउँदैछ । सो यान बुधबार जापानबाट प्रक्षेपण गरिने भनिएता पनि मौसमक कारण आज शुक्रबारको लागि सारिएको थियो तर मौसमकै कारण फेरि केहि दिनका लागि स्थगित गरिएको छ ।

सो यान यूएई स्थापनाको ५० औँ वर्षगाँठमा मंगलको कक्षमा पुग्नेछ र त्यसलाई परिक्रमा गर्नेछ। यद्यपि यो अवतरण भने गर्नेछैन।
मंगल ग्रहबारे बुझ्ने चाहना मानिसमा धेरै पहिलेदेखि देखिन्छ। तर, त्यहाँसम्म पुग्ने धेरैजसो अभियान असफल भएका छन्। कतिपय यानहरु विस्फोट भएका, आगलागी भएका र दुर्घटनामा परेका छन्। रुस र चीनले २०११ मा पठाएको यान असफल भएको थियो।

हालसम्म अमेरिका मात्रै मंगलमा सफलतापूर्वक यान उतार्न सफल भएको छ। त्यो पनि ८ पटक। उसले सन् १९७६ मा पहिलो पटक यान पठाएको थियो। नासाका दुई ल्यान्डर अझै मंगल ग्रहमा छन्। ६ वटाले मंगललाई परिक्रमा गरिरहेका छन्। तीमध्ये तीन वटा अमेरिका, दुई युरोपेली र एउटा भारतीय हुन्।

तपाईको प्रतिक्रिया