Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गुगलका सीईओ सुन्दर पिचाईबीच संवाद भएको छ । उनीहरुबीच सोमबार भएको भिडियो संवादका क्रममा विभिन्‍न सेक्टरमा बढ्दो प्रविधिसँगै विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबारे कुराकानी भएको प्रधानमन्त्री मोदीले ट्विटमार्फत् जानकारी गराएका छन् ।

उनका अनुसार कोरोनाबाट उत्पन्‍न संकटले सिर्जना गरेको नयाँ कार्य संस्कृतिका विषयमासमेत दुवैजनाबीच कुराकानी भएको थियो ।

प्रधानमन्त्री मोदीले भारतका किसान, युवा र उद्यमीको जीवन परिवर्तनका लागि प्रविधिबाट लाभ हासिल गर्ने विषयमासमेत कुराकानी भएको बताइएको  छ ।

गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले गुगलले डिजिटल इंडियाका लागि विभिन्न प्रविधिमा ५ देखि ७ बर्षको अवधिमा १० बिलियन डलर अर्थत ७५ हजार करोड भारतीय रुपैया लगानी गर्ने घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया