शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणवाट मृत्यु भएका ३८ मध्ये २४ जना दीर्घरोगी रहेको जनाएको छ ।

मृत्यु भएका मध्ये शून्य दशमलव ३ प्रतिशत व्यक्तिमा लक्षण देखिएको र उनीहरु ५० वर्ष माथिको उमेर समुहका रहेको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले गरेको प्रेस व्रिफिङ्मा वोल्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वाशुदेव पाण्डेले काठमाडौ उपत्यकामा हालसम्म संक्रमण भेटिएका ३ सय ४७ मध्ये केहीको ट्राभल हिस्ट्रि नरहेको समेत जानकारी दिनुभयो ।

उपत्यकामा संक्रमण भेटिएका १२ स्थानका तीन हजार व्यक्तिमा गरिएको परीक्षणमा ३ जनामा मात्र संक्रमण देखिएको निर्देशक पाण्डेले बताउनुभयो ।

समुदाय स्तरमा संक्रमण छ कि छैन् भन्ने पहिचान गर्न असार २५ गतेदेखि ४५ हजार व्यक्तिको परीक्षण सुरु गरिएको भन्दै उहाँले काठमाडौंका ५ हजार व्यक्तिको परीक्षण गरिने जानकारी दिनुभयो ।

केही दिन यता संक्रमितको संख्या तिव्र रुपमा घटेको भनेर भन्न सक्ने अवस्था नरहेको भन्दै निर्देशक डा.पाण्डेले परीक्षणको दायरा बढाउन ७ प्रदेशका सबै जिल्ला समेटर २१ हजार व्यक्तिको थप परीक्षण गरिने योजना रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया