शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – भारतीय सञ्चार माध्यमले नेपाल र नेपाली नेताहरुमाथि आघात पुग्ने भ्रामक, कपोकल्पिच समाचार तथा समाचारजन्य सामग्री प्रकाशन र प्रसारण गर्दै आएका छन् । यसको नेपालमा व्यापक विरोध मात्रै भएको छैनन, त्यस्ता टेलिभिजनको प्रसारण प्रदायक कम्पनीले बन्द गरिदिएका छन् ।

हालै प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर प्रसारण गरिएको भ्रामक, कपोकल्पित, तथ्य र आधारहिन, नाटकीय समाचारको नेपालमा व्यापक विरोध भयो । नेपाल सरकारको पनि आलोचना भयो ।

यसैबैला भारतीय मिडियाको उच्छृङ्खल तथा भ्रामक समाचारविरुद्ध नेपाल सरकारले कूटनीति एक्सन लिएको छ । भारतीय मिडियाको कपोकल्पित समाचारको विरोध जनाउँदै नेपाल सरकारले भारतलाई   ‘प्रोटेस्ट नोट’ पठाएको छ ।

परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतलाई ‘प्रोटेस्ट नोट’ पठाएको हो । सो पत्रमा नेपालबारे प्रसारित अश्लील, कपोकल्पित, भ्रामक सामाग्रीमाथि कदम चाल्न माग गरिएको छ । साथै आगामी दिनमा पनि नेपालबारे भ्रामक, कपोकल्पित, झुटा सामग्रीले भारतीय मिडियामा स्थान नपाउने सुनिश्चित गर्न सो पत्रमार्फत नेपाल सरकारले माग गरेको छ ।

तपाईको प्रतिक्रिया