Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – सिरिन ट्राभलले एक हप्तामा काठमाडौं-जापान तीन चार्टर उडान गरेको छ । जापानबाट नेपाल आएर फर्किन नपाएका र रि-इन्ट्री पर्मिट भएका नेपाली तथा विदेशी नागरिकहरुलाई जापान फर्काइएको हो ।

सिरिन ट्राभल्सका कार्यकारी निर्देशक विष्णु बस्नेतका अनुसार जुन ४, ७ र ११ तारिखमा गरी तीन वटा चार्टर उडानबाट ७ सय ९८ यात्रुलाई सेवा दिइएको छ । जापान, ताइवान, क्यानडा र मलेसियाका गरी ९६ जना विदेशी यात्रुलाई समेत टोकियो पठाइएको उहाँले जानकारी दिनुभयो । उडानका क्रममा दुई जना गम्भिर प्रकृतिका बिरामीलाई ट्राभल्सको सम्पूर्ण व्यवस्थापन निःशुल्क (फ्रि टिकट) मा जापानबाट नेपाल सम्मको  सेवा दिईएको छ ।

चार्टर उडान महँगो भएको भन्दै आएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको समेत ट्राभल्सले जनाएको छ । ‘चार्टर उडानको भाडा आफैमा नियमित उडानभन्दा महंगो हुन्छ । यसबीचमा सञ्चार माध्मममा अनाधिकृत रुपमा भाडा असुल गरेको भन्ने व्यहोराको समाचार प्रकाशन भएकोप्रति ध्यानाकर्षण जनाउँदछौं,’ ट्राभल्सले भन्यो, ‘सरकारले तोकेको मापदण्डअनुसार कानुनसम्मत ढंगबाटै सबै प्रक्रिया पूरा गरिएको छ, यदि त्यस्तो प्रमाणित भए कानुनसम्मत कारबाही भोग्न तयार रहेका छौं ।’सरकारले चार्टर उडानका लागि कूटनीतिक नियोगको प्रत्यक्ष संलग्नता अनिवार्य गरेको उल्लेख गर्दै ट्राभल्सले सबै उडानका लागि काठमाडौंस्थित जापानी दूतावासले प्रत्यक्ष सहयोग र समन्वय गरेको दावी गरेको छ । ***

तपाईको प्रतिक्रिया