शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – अभिनेत्री मनिषा कोईराला  क्वारेन्टाइनमा बसेकी छिन् । भारतबाट मंगलबार नेपाल आएकी अभिनेत्री मनिषा काठमाडौंको एक होटलमा १४ दिनको लागि क्वारेन्टाइनमा बसेकी हुन् । मंगलबार उनी आमा र बुबासहित रूपन्देहीको बेलहिया नाका हुँदै  नेपाल आएकी थिइन् । उनी आमा र बुबासहित एक होटलमा क्वारेन्टाइनमा बसिरहेको बताइएको छ ।

नेपालले सार्वजनिक गरेको नयाँ नक्साको सर्मथनमा दिएको अभिब्यक्तिले उनी केही समयअघि चर्चामा आएकी थिइन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा चाडै जारी हुने बिषयमा लेखेको ट्विटमा मनिषाले सानो राष्ट्र भए पनि नेपालको यो प्रयास सकारात्मक भएको उल्लेख गरेपछि भारतिय मिडियामा खैलाबैला मच्चिएको थियो ।

उनले आफ्नो जन्मभूमिको सर्मथनमा दिएको निडर अभिब्यक्तिको अहिले नेपालमा सबैले तारिफ गरिरहेका छन् । सरकारले गएको जेठ ७ गते नै नेपालको राजनीतिक तथा प्रशासनिक नयाँ नक्शा  सार्वजनिक गरिसकेको छ।

तपाईको प्रतिक्रिया