काठमाडौँ – गूगलले हालै मात्र आफ्नो ‘गूगल लेन्स’ मा हातले लेखेका टेक्स्ट वा नोट्सलाई कपी गरी कम्प्युटरमा गएर पेष्ट गर्न मिल्ने सुविधा थप गरेको थियो ।
मोबाइलबाट गूगल लेन्स एपको प्रयोग गरी प्रयोगकर्ताले हातले लेखेको कुरालाई स्क्यान गरी सिधै कम्प्युटरमा कपी गरी सेभ गर्न सक्नेछन् । जसको लागि मोबाइल र कम्प्युटरमा भएको क्रोम ब्राउजरमा एउटै ईमेल लगइन भएको हुनुपर्ने छ ।
यसरी गर्नुहोस प्रयोग
सबैभन्दा पहिले आफ्नो मोबाइलमा भएको गूगल लेन्स एप डाउनलोड गर्नुहोस । यदि पहिलेनै डाउनलोड गर्नुभएको छ भने एपलाई अपडेट गर्नुहोस । त्यसपछि गूगल लेन्स एपलाई खोल्नुहोस ।
एप खोलिसकेपछि हातले लेखेको कुरालाई कपी गर्नको लागि त्यसको फोटो लिनुहोस । फोटो लिएपछि आफुले कपी गर्न चाहेको टेक्स्टलाई सेलेक्ट गर्नुहोस ।
सेलेक्ट गरिसकेपछि तपाईले त्यहाँ ‘कपी टु कम्प्युटर’ अप्सनमा क्लिक गर्नुहोस । कपी टु कम्प्युटर अप्सनमा क्लिक गरेपछि तपाईले कम्प्युटरमा एउटा नोटिफिकेसन पाउनु हुनेछ । नोटिफिकेसन आईसकेपछि ‘कन्ट्रोल भि’ थिचेर उक्त टेक्स्टलाई सेभ गर्न सकिने छ ।