Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौँ – अमेरिकी आइफोन निर्माता कम्पनी एप्पल इंकले जापानमा छिट्टै नै स्टोरहरु पुन : सञ्चालनमा ल्याउने भएको छ । कोभिड–१९ को महामारीका कारण महीनौंदेखि बन्द रहेका खुद्रा स्टोरहरु यसै हप्ता खुलाइने भएको हो ।
सरकारले आपतकाल हटाउने योजना पारित गरेसंगै फुकुओका र नागोया साकाइमा रहेका स्टोरहरु मे २७ मा खोलिने कम्पनीको वेबसाइटमा भनिएको छ । बाँकी रहेका आठ स्टोर पुन : सञ्चालनमा आउने मिति भने वेबसाइटमा उल्लेख गरिएको छैन ।

स्टोर खुलेपनि ढोकामा ग्राहक र कर्मचारी सबैको तापक्रम जाँच गरिने, समाजिक दूरी कायम गरिने र मास्कको प्रयोग अनिवार्य बनाइने लगायत सुरक्षाका उपायहरु अपनाइनेछ ।

कम्पनीले अष्ट्रेलिया, जर्मनी, अष्ट्रिया, दक्षिण कोरिया, स्वीटजरल्याण्डमा स्टोर पुन : सञ्चालनमा ल्याइसकेको छ ।

इटली र अमेरिकामा समेत केही स्थानका खुद्रा स्टोर पुनः सञ्चालनमा आइसकेका छन् । 

तपाईको प्रतिक्रिया