Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौँ – कोरोना भाइरस महामारीको त्रासका बीच विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीहरु गुगल र फेसबुकले आफ्ना अधिकांस कर्मचारीहरुलाई घरबाटै काम गराइरहेका छन् ।

फेसबुकले आफ्नो कार्यलय आगामी ६ जूलाईदेखि खुल्न सक्ने बताएको छ । ६ जुलाईदेखि कम्पनीको सबै कामकाज सुरु हुनेछ । तर फेसबुकले आफ्ना अधिकांश कर्मचारीहरुलाई यस वर्षको अन्त्यसम्म घरबाट काम गर्न अर्थात् वर्क फ्रम होमको सुविधा दिएको छ ।

उता सबैभन्दा ठूलो प्रविधि कम्पनी गुगलले पनि घरबाटै काम गर्न सकिने अवधिलाई चालु वर्षभरका लागि लम्ब्याएको छ । यसअघि गुगलले आगामी जुन १ सम्मका लागि घरबाट काम गर्न सकिने व्यवस्था गरेको थियो ।

गुगलका सीईओ सुन्दर पिचाइका अनुसार भौतिक उपस्थिति अनिवार्य रहेका कर्मचारीहरुलाई मात्र आगामी जुन वा जुलाई पछि कार्यालयमा आउने अनुमति दिइनेछ र त्यसक्रममा समेत उच्चतम सावधानी तथा सुरक्षाका विधि अपनाइनेछ । गुगलले पनि गत मार्च महिनादेखि आफ्ना कर्मचारीलाई घरबाटै काम लगाएको थियो ।

कोरोना भाइरसको प्रकोपलाई रोक्न लकडाउनको पालना गर्दै फेसबुक गुगल लगायत विश्वभरका धेरै कम्पनीहरुले घरबाटै कार्यलयको काम गर्न कर्मचारीहरुलाई अनुमति दिएको थियो ।

यसैबीच अर्को ठूलो टेक कम्पनी अमेजनले पनि आफ्ना कर्मचारीहरुलाई २ अक्टोबरसम्म घरदेखि काम गर्न अनुमति दिने बताएको छ ।

 

तपाईको प्रतिक्रिया