Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौँ – कोरोना भाइरसको संक्रमणको जोखिमकाे यस्तो अवस्थामा घरैभित्र बसेर किताब पढ्नु समयलाई सिर्जनशिल बनाउने एउटा उपाय हुने विश्लेषकहरुले बताइरहेका छन्। तर, लकडाउनको स्थितिमा किताब कहाँबाट ल्याउने र पढ्ने भन्ने प्रश्न पनि छ।

यो लेख त्यही प्रश्नअनुरुप इन्टरनेट वा विभिन्न एप्सको माध्यमबाट घरैमा बसेर इबुक पढ्ने कुरामा केन्द्रीत छ। कुन-कुन साइटमा इबुकहरु उपलब्ध छन्? कुन-कुन एपमा इबुक पाइन्छन् भन्ने कुरामा आधारित भएर यो तयार गरिएको छ।

विश्वमा पछिल्ला समय लेखकले आफ्ना पुस्तकलाई इबुककै माध्यमबाट पनि प्रकाशित गर्न थालिसकेका छन्। यसो गर्दा कागजको खपतदेखि पुस्तकलाई एक ठाउँबाट अर्को ठाउँसम्म पुर्‍याउने चलनसमेत विस्थापित भएको छ। छापाखानाको विकाससँगसँगै विश्वमा पुस्तक लेखन र पठनमा भएको चलनलाई इबुक पढ्ने कुराले फरक बनाइरहेको छ।

इबुक पढ्नकै लागि भनेर किण्डलजस्ता उपकरणहरु पनि निर्मित छन् भने माबाइल, ल्यापटप इत्यादिजस्ता उपकरणमा पनि पढ्न सकिन्छ। मोबाइलमा एप डाउनलोड गरेर पनि पुस्तक पढ्न सकिन्छ। यसमध्येका केही एपहरु, जसमा विना कुनै शुल्क पुस्तक पढ्न सकिन्छ, तिनीहरुको तल चर्चा गरिएको छ।

एनिबुक्स
म्युजेज् ल्याबद्वारा निर्मित एप एनिबुक्सान लाखौं पुस्तकहरु छन्। यहाँ उपलब्ध ५० हजारभन्दा बढी पुस्तक पाठकले सित्तैमा यो एपमार्फत पढ्न सक्छन्। १ लाख पटकभन्दा बढी एन्ड्रोइडमा डाउडलोड भएको यो एपमा मेम्बरसिप नलिइ कनै पनि पुस्तक पढ्न सकिन्छ। बिना कुनै लगइन, बिना कुनै झन्झट एनि बुक्समा भएका पुस्तकलाई एपकै सर्भरमा डाउलोड गरेर पढ्न सकिन्छ।

लिथयम
लिथयम इबुक रिडर एप हो। इबुकमा हुने पुस्तकका विभिन्न फर्महरुमध्येमा इपब फर्मको पुस्तक लिथयममा पढ्न मिल्छ। १० लाख पटकभन्दा बढी डाउनलोड भएको यो एपमा कुनै पनि इपब फर्मेटको पुस्तक खोलेर सजिल्यै पढन सकिन्छ। सँगै यसमा पुस्तकको अक्षरको आकार कत्रो बनाउनेदेखि हाइलाइट गर्ने, नाइट लाइट, रिडर मोड लगायतका सुविधाहरु पनि छन्, जसले इबुक पढिरहँदा पाठकलाई सहज महसुस गराउँछन्।

वाटप्याड
वाटप्याडमा पनि एनिबुक्सको जस्तै पुस्तकहरु उपलब्ध हुन्छन्। आफ्नो फेसबुक वा गुगलमार्फत वाटप्याडको अकाउन्ट बनाएपछि यसमा भएका पुस्तकहरु पठन सकिन्छ। प्लेस्टोबाट १० लाखभन्दा बढी पटक डाउलोड भएको यो एप आइओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छ। पढ्नसँगसँगै लेख्नमा पनि रुचि एकाको लागि वाटप्याडले बेग्लै राइटिङ सेक्सन पनि उपलब्ध गराउँछ।
मुख्य गरी यी एपबाट पुस्तकहरु पढन सकिन्छ। लिथियमबाहेकका एपमा पुस्तक नै उपलब्ध हुन्छन् भने लिथियममा फोनमा डाउलोडेड बुकहरु पढ्न मिल्छ।

कहाँबाट पाउने इबुक?
एपमार्फत् पुस्तक नपाएको खण्डमा विभिन्‍न वेवसाइटमार्फत् इबुकहरु डाउलोड गर्न सकिन्छ। यस्ता कतिपय साइटमा पैसा तिरेर मात्रै पुस्तक लिन पाइन्छ भने कतिपयमा भने निशुल्क पुस्तक उपलब्ध हुन्छन्।

अर्काइभडटअर्ग, लाइबेरीजेनेसिस, ओभर ड्राइभ, ओपन लाइब्रेरीलगायतका केही वेवसाइटमा भने निशुल्क इबुकहरु उपलब्ध हुन्छन्। पुस्तकलाई कुन फर्मेटमा डाउनलोड गर्ने भन्ने छानेर पीडीएफ, इपब, किण्डल लगायतका विभिन्न फर्मेटमा यी साइटहरुमा पुस्तक पाइन्छन।

तपाईको प्रतिक्रिया