Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौँ – साइबर अपराधीहरूले कोरोनाभाइरसको डरमार्फत संसारभरिका मानिसलाई शिकार बनाउन थालेका छन् ।

उनीहरूले कहिले विश्व स्वास्थ्य संगठनको अधिकारी हौं भन्दै ठग्छन् भने कहिले कोभिड–१९ को नाममा फर्जी वेबसाइट बनाएर मानिसलाई फसाउँछन् ।

अहिले उनीहरूले एउटा नयाँ तरिका अपनाउन थालेका छन् ।

बेलायती सुरक्षा सफ्टवेयर तथा हार्डवेयर कम्पनी सोफोसको एक प्रतिवेदन अनुसार, साइबर अपराधीहरूले धम्कीपूर्ण इमेल पठाएर पैसा नदिएमा प्रयोगकर्ताको परिवारको कुनै सदस्यलाई कोरोना सारिदिने भन्न थालेका छन् ।

संसारमा पहिलेपहिले प्रयोगकर्ताको आपत्तिजनक तस्वीर आफूसँग रहेको अनि पैसा नदिएमा उक्त तस्वीर सार्वजनिक गरिदिने भन्दै धम्की दिने गरिन्थ्यो ।

तर अहिले ठगहरूले कोरोनाभाइरसको डरलाई धम्कीको माध्यम बनाउन थालेका छन् । उनीहरू इमेल पठाएर चार हजार डलर बिटकोइनका रूपमा मागिरहेका छन् । पैसा नदिएमा प्रयोगकर्ताको रहस्य खोलिदिने र परिवारका सदस्यलाई कोरोना सारिदिने धम्की उनीहरू दिइरहेका छन् ।

इमेलमा प्रयोगकर्ताको पुरानो पासवर्ड पनि बताइन्छ । आफूलाई प्रयोगकर्ताको सबै पासवर्ड थाहा भएको र प्रयोगकर्तामाथि लामो समयदेखि निगरानी गरिरहेको पनि उनीहरू बताउँछन् ।

तपाईंलाई पनि यस्तो इमेल आएछ भने नडराउनुस् । विगत केही वर्षमा भएका डेटा लीकमा तपाईंको पासवर्ड पनि लीक भएको हुन सक्छ । ठगहरूलाई पैसा पठाउँदै नपठाउनुस् । उनीहरूसँग तपाईंको कुनै डेटा छैन । तपाईंले तिनीहरूलाई पैसा दिनुभयो भने झनै बढी धम्की दिने मौका पाउँछन् ।

तपाईको प्रतिक्रिया