शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

साप्पोरो– होक्काइदोका गभर्नर तथा साप्पोरोका मेयरले आइतबार संयुक्तरुपमा आपतकाल घोषणा गरेका छन् । कोरोना भाइरसको संक्रमण पुनः बढेपछि सो घोषणा गरिएको हो ।

गभर्नर सुजुकी नाओमिची र मेयर आकिमोतो खाचुशिरोले ५ दिनभित्र दोब्बर संख्यामा संक्रमितहरु भेटिएपछि आपतकालको घोषणा गर्ने निर्णयमा पुगेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनीहरुले स्थानीयबासीहरुलाई अत्यावश्यक बाहेक बाहिर ननिस्कन आग्रह गरेका छन् ।

होक्काइदोले ३ हप्ते आपतकाललाई गत मार्च १९ तारिक हटाएको थियो । नयाँ घोषणासंगै विद्यालय तथा सार्वजनिक भवनहरु आगामी मे ६ तारिकसम्म बन्द रहनेछन् ।

साप्पोरोका बासिन्दाहरुलाई अनावश्यक कामममा बाहिर ननिस्कन र अन्य क्षेत्रका मानिसहरुलाई साप्पोरोको यात्रा नगर्न भनिएको छ । होक्काइदो प्रिफेक्चर तथा साप्पोरो सिटीका अधिकारीहरुले स्वास्थ्य क्षेत्रलाई थप बलियो बनाउने र स्थानीय व्यसायहरुलाई आवश्यक सहयोग गर्ने कार्ययोजना तयार पारिरहेका छन् ।

आइतबार साँझसम्मको तथ्यांक अनुसार होक्काइदोमा संक्रमितहरुको संख्या २ सय ६७ जना पुगेको छ । ***

तपाईको प्रतिक्रिया