शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले शनिबार दिनभरिमा जापानभित्र ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको छ । त्यस्तै शनिबार नै जापानका विभिन्न स्थानहरुमा मृत्यु हुनेको संख्या ११ जना रहेको छ ।

शनिबार टोकियोमा १९७, ओसाकामा ७०, खानागावामा ७६, चिबामा ३६, साइतामामा ३७, ह्योगोमा ४२, आइचीमा ३४, फुकुओकामा ४३, होक्काईदोमा १६, क्योउतोमा ७, गिफुमा ९, इसिखावामा १२, इबाराकीमा १२, फुकुइमा ४, गुन्मामा ३५, ओकिनावामा ८, हिरोसिमामा २६, मियागीमा ७, निगातामा १, सिजुओकामा २, नारामा २, शिगामा ४, फुकुसिमामा १, तोचिगीमा ३, यामागातामा १, यामानासीमा ३, एहिमेमा २, तोयामामा ७, कुमामोतोमा १, आओमोरीमा ५, यामागुचीमा १, मियाजाकीमा १, मिएमा २, आकितामा २, सागामा १ र शिमानेमा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हालसम्म सबै भन्दा धेरै संक्रमण टोकियोमा भेटिएको छ । टोकियोमा हालसम्म १९०२ जना र ओसाकामा ७६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार बिहानसम्ममा घरेलु रुपमा संक्रमित र चीनबाट चार्टर गरि ल्याइएकाहरु सहितको संख्या ६९२३ पुगेको छ भने योकोहामा पोर्टमा क्वारेन्टायन गरेको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितको संक्रमितहरुको संख्या ७६३५ जना पुगेको छ ।

जापानमा अहिलेसम्म कोरोना भाइरसको कारणले १३२ जनाको मृत्यु पुष्टि भएको छ भने क्रुज पानीजहाजका यात्रुहरु सहित १४४ जना पुगेको छ ।***

तपाईको प्रतिक्रिया