शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो– कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहँदा जापानका प्रधानमन्त्री शिन्जो आबेले देशबासी सबैलाई रात्रीकालिन बार तथा रेष्टुरेन्टहरुमा नजान आग्रह गरेका छन् । जापानमा भेटिएका कोरोना भाइरसका संक्रमितहरुमध्ये अधिकांशको संक्रमण मनोरञ्जनात्मक बार, पब तथा खाराओकेहरुमा रहेको भेटिएकाले त्यस्ता स्थानहरुमा नजान प्रधानमन्त्रीले आग्रह गरेका हुन् ।

कोरोना भाइरस नियन्त्रणका लागि गठित कार्यदलको बैठकमा शनिबार बोल्दै प्रधानमन्त्रीले देशैभरका रात्रीकालिन मनोरञ्जनका स्थलहरु, बार, नाइट क्लब, खाराओके तथा रेष्टुरेन्टहरुलाई बन्द गर्न आह्वान समेत गरेका छन् ।

गत मंगलबार आबेले संक्रमण धेरै बढिरहेको राजधानी टोकियो सहित साइतामा, चिबा, कानागावा, ओसाका, ह्योगो तथा फुकुओका प्रान्तमा आपतकालिन अवस्थाको घोषणा गरेका थिए । मानिस–मानिसवंीतको दुरि ७० देखि ८० प्रतिशतसम्म घटाउन सके कोरोना भाइरस नियन्त्रणमा लिन सकिने शिन्जो आबे सरकारको विश्वास छ, सरकारले सोही अनुसारको कार्ययोजना बनाएको छ ।

तपाईको प्रतिक्रिया