बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

टोकियो । जापानकै ब्यस्त मानिने नारिता एयरपोर्टले एक रनवे बन्द गर्ने भएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै नारिता एयरपोर्ट व्यवस्थापन गर्दै आएको कम्पनीले एयरपोर्टका २ मध्ये एक रनवे आइतबारदेखि बन्द गर्न लागेको बताएको हो ।

नारिता एयरपोर्टमा अन्तराष्ट्रिय उडान तथा अवतरणको संख्या जनवरी भन्दा २० प्रतिशतसम्म झरेको छ । जनवरीमा एक हप्तामा ३ हजार ६ सय विमानहरु उडान तथा अवतरण भएका थिए ।

सन् १९७८ मा सुरु भएदेखि रनवे बन्द गरिएको पहिलोपटक हो । २ हजार ५ सय मिटरको ‘बि’ रनवे बन्द हुनेछ भने ४ हजार मिटरको ‘ए’ रनवे चालू रहनेछ । रनवे अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द रहने बताइएको छ ।

रनवे बन्द भएका कारण त्यहाँ कार्यरत ‘अन-साइट’ कर्मचारीहरु पनि घटाउने तयारी गरिएको छ । ***

तपाईको प्रतिक्रिया