शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – जापानभरिमा कोरोना भाइरसबाट संक्रमितको संख्या बिहीबार ५ हजार २ पुगेको जापानी टेलिभिजन संस्था एनएचकेले जनाएको छ । उसले भनेको छ – ‘संक्रमण फैलावटलाई न्यूनिकरण गर्न सरकारले आपतकालिन घोषणा गरेको भएता पनि सर्बसाधारणमा त्यस्तो खासै संकेत देखिएको छैन ।’
यसैबीच जापानको केन्द्रीय बैंकले कोरोना महामारीका कारण तेस्रो ठूलो अर्थतन्त्र भएको देश जापानको राष्ट्रिय अर्थतन्त्र ठूलो संकटमा पर्न सक्ने चेतावनी दिदैं एक दशक अघिको अर्थतन्त्रसंग तुलना गरेको छ ।
जापानी अधिकारीहरु भने यो संकट समाधान गर्न सरकार निरन्तर लागिरहेकोले लक डाउन बिनानै रोकथाम हुनेमा आशाबादी भएको बताउँछन् । तर अर्थतन्त्रमा भने ठूलो धक्का लाग्ने उनीहरुले स्वीकारेका छन् ।
जापान सरकारले राजधानी टोकियो लगायत सहरकेन्द्रीत थप ७ प्रिफेक्चरहरुमा आपतकाल घोषणा गरी आवश्यक थप कदमका लागि स्थानीय गभर्नरहरुलाई अधिकार प्रत्यायोजन गरेको छ ।
तर अन्य देशहरुमा जस्तो कडाई जापानमा नहुने अधिकारीहरुले बताउँदै आएका छन् ।
आपतकालिन घोषणाका कारण टोकियोका शिबुया, आकासाका, गिन्जा, रोप्पोंगी जस्ता रात्रिकालिन ब्यवसायिक क्षेत्र भने बिहीबार सुनसान प्रायः रहेको बताईएको छ । अन्य क्षेत्रमा भने जनजीवन सामान्य नै रहेको जापानी सञ्चारमाध्यमहरुले बताएका छन् ।***

तपाईको प्रतिक्रिया