बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024
काठमाडौं – जापानले पनि नेपालमा रहेका आफ्ना नागरिक लैजाने भएको छ । नेपाल एयरलाइन्सको विमान शुक्रबार जापानी नागरिक लिएर जापान प्रस्थान गर्न लागेको नेपाल वायुसेवा निगमले जनाएको छ ।
विमान  शुक्रबार साँझ  नेपालबाट जापानका लागि प्रस्थान गर्नेछ ।
यस उडानमा संलग्न एक अधिकारीका अनुसार नेपालमा  अलपत्र परेका १ सय ९० जापानी नागरिक र ३० हाराहारी नेपाली छन्। जसका श्रीमती, श्रीमान् वा परिवारका अन्य सदस्य जापानी नागरिक हुन्।
विमान  नारिता विमानस्थलमा अवतरण हुने छ।
जापानी सरकारले निगमको जहाज प्रतिघण्टा १८ हजार १ सय डलरमा चार्टर गरेको हो। दूतावासले चार्टर उडानबापतको रकम भुक्तानी गरिसकेको निगमले जनाएको छ। निगमको जहाज नारिताबाट रित्तै शनिबार फर्किने छ।
कोरोना भाइरसको विश्वव्यापी महामारी र निरन्तरको लक डाउनका कारण विभिन्न देशले धमाधम नेपालमा रहेका आफ्ना नागरिकहरु विमान चार्टर्ड गरेर लगिरहेका छन् ।
यसअघि अमेरिका, अस्ट्रेलिया, बेलायत, जर्मनी, फ्रान्स र नेदरल्यान्ड्ले नेपालबाट आफ्ना नागरिक फिर्ता लगेका छन् ।
तपाईको प्रतिक्रिया