Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौं – कोरोना भाइरस सङ्क्रमणको संभावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक एउटा अकल्पित संकटमा परेका छन् ।

आफ्नो ‘आविष्कार’ को परीक्षण गर्न खोज्दा चुम्बक नाकमा अड्किएपछि उनी अस्पताल जानुपर्ने स्थिति आयो । डा. ड्यान्यल रिएर्डन नामका ती खगोल भौतिकशास्त्री मानिसले हात अनुहार नजिक पुर्‍याउँदा प्रतिकार गर्ने एउटा हारजस्तो उपकरण बनाउने योजनामा थिए । तर उनले सोचे जस्तो भएन ।

‘मेरो आविष्कारको उल्टो प्रभाव भयो । चुम्बक नजिकै हुँदा यसले आवाज निकालिराख्यो, ‘उनले भने, ‘मैले आफू समस्यामा परेको थाहा पाएँ ।’ ‘म हाँसे र केही बेर काम गरिनँ,’ उनले बीबीसीलाई भने ।

‘अनि मैले केही नसोचीकन अनुहारमा चुम्बक राख्न थालेँ । पहिला कानका लोतीमा, त्यसपछि नाकभित्र चुम्बकका मुन्द्राजसरी ।’ ‘नाकको अर्को प्वालमा चुम्बक राखेपछि समस्या भयो । ती सँगै टाँसिए र नाकेहाडमा चुम्बक अड्किए ।’

‘पहिला दुख्यो तर म धेरै आत्तिइनँ, ‘उनले भने, ‘तर ती (चुम्बक) हटाउन त्यति सजिलो नहुने ठम्याएपछि म चिन्तित भएँ ।’ ‘बाँकी दुईटा चुम्बक प्रयोग गरेर चुम्बक हटाउने निरर्थक प्रयास गर्दा ती पनि अड्किएपछि मलाई आफू समस्यामा परेको थाहा भयो। ‘

तर आफै त्यस परिस्थितिबाट मुक्त हुने उनले प्रयास गरे। तार च्याप्ने औजार पनि उपयोगी भएन । उनले भने, ‘त्यो औजार मेरो नाकतिर आकर्षित भइराख्यो । अनि नाक तानिँदाको बल पीडादायी थियो ।’

त्यति बेला बल्ल उनलाई अस्पताल गएको भयो हुन्थ्यो भन्ने लाग्यो । उनी मेल्बर्नस्थित एउटा स्थानीय अस्पताल गए । उनलाई देखेपछि चिकित्सक अचम्ममा परे । हाँसेर उनीहरूले सोधे, ‘नाकमा किन त्यति धेरै चुम्बक हालेको?’

चिकित्सकले उनको नाकबाट सबै चुम्बक निकालिदिए।अहिलेका लागि उनको उपकरण बनाउने योजना स्थगित भएको छ ।

तपाईको प्रतिक्रिया