शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौँ – भारतका दिग्गज कलाकार दिलिप कुमारले आफू क्वारेन्टाइनमा भएको जानकारी दिएका छन् । उनले नोभेल कोरोनाभाइरसको महामारीबाट बच्नका लागि सावधानीस्वरुप आफूलाई पूर्ण आइसोलेशन र क्वारेन्टाइनमा राखेको बताएका छन् ।

९७ वर्षका नायकले आफ्नो स्वास्थ्यबारे ट्वीटरमा जानकारी दिएका छन् । उनकी श्रीमती सायरा बानुले उनलाई कुनै संक्रमण नहोस् भन्ने कुराको सुनिश्चित गरिरहेको पनि उनले बताएका छन् ।

‘कोरोना भाइरसको संक्रमणपछि मैले आफूलाई पूर्ण रुपमा आइसोलेशन र क्वारेन्टाइनमा राखेको छु,’ कुमारले ट्वीट गरे । ‘सायराले मलाई कुनै पनि संक्रमण नहोस् भन्ने कुराको सुनिश्चित गरेकी छिन् ।’

तपाईको प्रतिक्रिया