शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – विश्वकै चर्चित ‘सिङगिङ रियालिटी सो’ अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेलका निर्णायकले उनको खुलेर प्रशंसा गरेका छन् ।

दिवेशको प्रस्तुतिलाई अडिसन राउन्डमा झैं यो पटक पनि निर्णायकले खुलेर प्रशंसा गरेका हुन् ।

नमस्तै भन्दै स्टेज प्रवेश गरेका दिवेशको प्रस्तुतीमा निर्णायक मध्येकी एक क्यटि पेरीले वान्स मोरभन्दा तीनै जना निर्णायकले स्ट्यान्डिङ अवेसन दिए ।

निर्णायकले स्ट्यान्डिङ अवेसन दिँदै दिवेशको गीतमा झुम्दा लाइभ पफमेन्स हेर्ने दर्शकले पनि उठेर साथ दिएका थिए ।

अमेरिकन आइडलको १८औं सिजनमा शीर्ष २० भित्र परेका दिवेशलाई निर्णायक लुक ब्रायनले अडिसनमा ठूलो स्टार हुन सक्ने भन्दै प्रशंसा गरेका थिए ।

https://www.youtube.com/watch?time_continue=4&v=-k_2lLFhbWE&feature=emb_title

तपाईको प्रतिक्रिया