Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – समाजसेवी बिष्णु माया (बीएम) खरेलको निधन भएको छ । लामो समय देखि पेटको क्यान्सर बाट ग्रसित डा. खरेलको आइतबार राती ९ बजेर ३९ मिनेटमा उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा निधन भएको हो ।

डा. खरेलको एक छोरा र श्रीमान रहेका छन् । डा.खरेलसंगै मिलेर श्रीमान डा.प्रमोद लामिछानेले एलाइभ हस्पिटल समेत संचालन गरेका थिए ।गम्भीर रोग लागेर पनि डा. खरेलले चिकित्सा सेवा प्रतिको लगाव छाडेकी थिइनन् । डा. खरेल आफैं क्यान्सरबाट पीडित भए पनि बिरामीको उपचारमा तल्लिन थिइन् । उनको आजै देवघाटमा अन्त्येष्टि गरिनेछ ।

तपाईको प्रतिक्रिया