शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौँ – विश्वचर्चित चिनियाँ कलाकार ज्याकी च्यान कोरोना भाइरसबाट संक्रमित भएको खबर सामाजिक सञ्जालमा भाइरल बनेपछि च्यानले आफू कोरोना संक्रमित नभएको स्पष्ट गरेका छन् ।

उनका समर्थक तथा शुभचिन्तकहरुले सोमबार छोटो समयमा नै उनी संक्रमित भएको खबर सामाजिक सञ्जालमा भाइरल बनाएका थिए । साथै उनीहरुले चिन्ता व्यक्त गरेका थिए । च्यानले भने समाजिक सञ्जालमा फैलिएको अफवाहको पछि नलाग्न आफ्ना फ्यानहरुलाई आग्रह गरेका छन् ।

उनले भनेका छन् ‘मेरो सबै फ्यानलाई म प्रति देखाएको मायाको लागि धन्यावाद ज्ञापन गर्दछु। म स्वस्थ छु र मलाई कुनै क्वारेन्टाइनमा पनि राखिएको छैन् ।’ ‘विश्वका मेरा फ्यानहरुले मेरो स्वास्थ्य अवस्थाबारे बुझ्न चाहेका छन् । उनले भनेका छन, ‘म सुरक्षित छु, तपाईहरु सबै सुरक्षित हुनुहुन्छ भन्ने आशा राखेको छु ।’

तपाईको प्रतिक्रिया