Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – लामो समयदेखि मिर्गौलाको डायलासिस गराउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण हुने स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि लामो समयदेखि अध्ययन र परामर्श जारी राखिएको थियो । आइतबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणबारे जानकारी गराएका छन् । प्रधानमन्त्रीले सचिवालयमा जानकारी गराए अनुसार सोमबार नै अस्पताल भर्ना हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीको यो दोस्रो मृगौला प्रत्यारोपण हो ।

त्यसबाहेक सचिवालय बैठकमा अन्य विषयमा कुनै छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । राष्ट्रियसभा सदस्यमा नेता वामदेव गौतम या युवराज खतिवडा कसलाई पठाउने भन्ने विषयमा नेकपामा विवाद भए पनि बैठकमा यसबारे कुनै छलफल नभएको नेताहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया