Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – यदि तपाईले आफ्नो शरीरलाई फिट राख्न चाहनुहुन्छ भने एक्लै खाना खाँदा उत्तम हुनेछ । एक नयाँ अनुसन्धान अनुसार जो–सुकैले पनि आफ्नो परिवार तथा साथीहरुसँग धेरै मात्रामा भोजन गरिन्छ । जसको कारण तपाई-हामीले आफ्नो शरीरलाई फिट राख्न सकिरहेका हुदैनौं ।

अमेरिकन सोसाइटी अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित एक अध्ययनमा भनिएको छ–‘सामाजिक रुपमा भोजन गर्ने ब्यक्तिले धेरै खाना खान्छन्, तर एक्लै भोजन गर्नेहरुले कयौं गुणा कम खाना-खाजा खान्छन् ।’ ब्रिटेनको बर्मिघम विश्वविद्यालयको एक रिसर्चर हेलेन रुडाकले भने–‘हामीले यस कुराको पूरै प्रमाण भेटाएका छौं, एक्लै भोजन गर्नेको तुलनामा परिवार तथा साथीहरुसँग भोजन गर्ने धेरै मात्रामा खान्छन् ।’

पछिल्लो एक अध्ययनमा साथी तथा परिवारसँग खाना खानेहरुले एक्लै खाना खानेहरुको तुलनामा ४८ प्रतिशतसम्म बढी खाना खाने गरेको पाइएको छ । त्यस्तै सामुहिक रुपमा खाना खाने महिलाहरुले एक्लै खाना खाने महिलाहरुको तुलनामा २९ प्रतिशत बढी खाना खाने गरेको पाइएको छ । यस अध्ययन ४२ जनामाथि मूल्याङकन गरिएको थियो ।

तपाईको प्रतिक्रिया