शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नैतिकताको आधारमा राजीनामा गरेको बताएका छन् । केही बेरअघि ट्वीट गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा गरेको बताएका हुन् ।

‘मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु, धन्यवाद’, उनले ट्विट गरेका छन् ।

मन्त्री बाँस्कोटा र स्वीट्जरल्याण्डको कम्पनी केबीए नोटासिसका नेपाली एजेन्ट विजयप्रकाश मिश्रबीच लेनदेनसम्बन्धी संवादको अडियो बाहिरिएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् । ***

तपाईको प्रतिक्रिया