शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाण्डौ – भारतको सलेम बेंगलारु नेशनल हाइवेमा बिहीबार बिहान बस दुर्घटना हुँदा तीर्थयात्राका लागि भारत गएका ६ नेपालीको ज्यान गएको छ ।

नेपाली तीर्थयात्री चढेको मिनीबस यू-टर्न लिन लाग्दा राजमार्गमा अर्को बससँग ठोक्किएको थियो । दुर्घटनामा १८ जना घाइते भएका भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ ।

ज्यान गुमाउनेमा ५६ वर्षीय गोपाल तामाङ, ६० वर्षीय विष्णु दाहाल, ४६ वर्षीय वीरबहहादुर राई, ५० वर्षीय टीकाराम र ५० वर्षीया बेलुकारी चौधरीको नाम खुलेको छ ।घाइते भएका १८ जनाको स्थानीय अस्पताल मोहन कुमार मंगलम मेडिकल कलेजमा उपचार भैरहेको छ ।

सुनसरी जिल्लाबाट गएकाे माघ २३ गते ३४ जनाकाे नेपाली टाेली भारततर्फ गएकाे थियाे । उनीहरु ३५ दिने यात्राकाे लागि भारत गएकाे सुनसरीका अमरनाथ चाैधरीले बताउनु भएकाे छ ।

तपाईको प्रतिक्रिया