Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई ७० हजार ७८४ रुपैयाँ सहयोग गर्ने भएका छन् । उनले नेपालमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग-२ अन्तर्गतको श्रृंखलामा लिने हरेक विकेटमा सगरामाथाको उचाई (८,८४८ रुपैयाँ) बराबर रङ्गशालालाई सहयोग गर्ने घोषणाअनुसार उक्त रकम सहयोग गर्ने भएका हुन् ।

सन्दीपले नेपालसहित ओमान र अमेरिका सम्मिलित श्रृंखलाको अन्तिम खेलमा बुधबार अमेरिकाविरुद्ध ६ विकेट लिएका छन् । उनले ६ ओभर बलिङ गर्दै एक मेडनसहित ६ विकेट हात पारेका हुन् । उनले १६ रन खर्चिए ।

त्यस्तै उनले शनिबार अमेरिकासँगकै पहिलो खेलमा २ विकेट लिएका थिए। यससँगै उनको कुल ८ विकेट भएको हो । हरेक टिमसँग दुई–दुई खेलको श्रृंखलामा ओमानसँगको दुवै खेलमा भने सन्दीप विकेटविहीन भएका थिए ।

तपाईको प्रतिक्रिया