Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – विश्वमै दुर्लभ मानिएको हरियो भ्यागुतो बोलिभियाको क्यारास्को नेशनल पार्कमा पहिलोपटक देखिएको छ । ‘ग्लास फ्रग’ नामक प्रजातिअन्तर्गतको उक्त भ्यागुतोलाई संरक्षणवादीहरूले केही दिन अगाडि देखेका थिए ।ग्लास फ्रग विशेषगरी मध्य तथा दक्षिण अमेरिकामा पाइन्छ । यस्ता प्रजातिका भ्यागुताहरूको छाला एकदमै मुलायम र पातलो हुन्छ‚ हरियो भ्यागुतोको पेटबाट उनीहरूको शरीरभित्र रहेको भ्रूण समेत सजिलै देख्न सकिन्छ । संरक्षणवादीहरूले कोचाबाम्बा शहरको पूर्वी इलाकामा रहेको क्यारास्को नेशनल पार्कमा सो भ्यागुतोको पहिचान गरेका थिए ।जलविद्युत उत्पादनबाट भ्यागुताको बासस्थानमा पर्न जाने असरलाई ध्यानमा राखी उनीहरूको उद्धार र संरक्षणका लागि संरक्षणवादीहरू सो क्षेत्रमा गएका थिए । ‘धेरै समयपछि देखिएको यस्तो प्रजातीको भ्यागुतोले गर्दा भविष्यमा ‘ग्लास फ्रग’ पनि फेला पर्न सक्ने आशा जगाएको छ ।’ सोही संरक्षणवादीहरूको टिममध्येका एकले एएफपी समाचार संस्थालाई भने ।तीनवटा भ्यागुतालाई अल्सिदे ओल्बिनी सङ्ग्रहालयको केय्रा एम्फिबियन संरक्षण विभागमा लगिसकिएको छ। त्यहाँ उनीहरूलाई सन्तानोत्पादनका लागि सहज वातावरण सिर्जना गरिने समेत बताइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया