Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – कोरोना भाइरसका कारण चीनमा मात्रै मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

२ हजारजतिलाई यसको संक्रमण देखिएको बताइएको छ । आइतबार चिनियाँ अधिकारीहरुले नयाँ तथ्यांक सार्वजनिक गरेका हुन् । पछिल्लो पटक १५ जना अरु बिरामीको मृत्यु भएको हो ।
साथै ६ सय ८८ जनामा संक्रमण देखिएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ ।

हालै मृत्यु हुनेमध्ये १३ जना हुबेइ प्रान्तका थिए । हेनानमा भने दुई जनाको मृत्यु भएको हो । हुबेइका अधिकारीहरुका अनुसार पछिल्लो परीक्षण अनुसार ३ सय भन्दा धेरैमा संक्रमण देखिएको छ ।

गत डिसेम्बरमा वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरस संसारका विभिन्न देशमा फैलिसकेको छ । शनिबार मात्रै चिनियाँ राष्ट्रपति सि जिनफिङले यसका कारण चीनले गम्धीर अवस्थाको सामना गरिरहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया