शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडाैं – बझाङको बुङगल नगरपालिका-१ स्थित कालंगा हाइड्रोको काम गर्ने क्रममा सुरुङ भत्किँदा त्यसभित्र फँसेका चार मजदुर मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा दैलेख गुराँस गाउँपालिका-३ का कर्णबहादुर शाही, सोही ठाउँका महेन्द्रबहादुर शाही, अछामका अछाम तुर्माखाद-६ महेन्द्र साउद र बझाङ बुङ्गल नगरपालिका-१ का शेरसिंह धामी रहेका छन् ।

काठमाडौंबाट हेलिकप्टरमा गएको नेपाली सेनाको टोलीले अहिले शव बाहिर निकाल्ने प्रयास गरिरहेको छ । बझाङका डीएसपी गणेशबहादुर बमका अनुसार मृतकहरु सुरुङको १३ सय मिटर भित्र भेटिएका हुन् । सेनाको नौ सदस्यीय टोली उद्धारका लागि सुरुङभित्र छिरेको छ ।

आइतबार दिउँसो करिब ३ बजे सुरुङभित्र ७ जना छिरेका थिए । तीमध्ये तीनजना शास फेर्न गाह्रो भएको भन्दै तत्कालै बाहिर निस्केका थिए । सुरुङभित्र छिरेका ४ जना झण्डै २५ घण्टापछि मृत अवस्थामा भेटिएका हुन् ।

तपाईको प्रतिक्रिया