शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

बेनी – म्याग्दीको मालिका गाउँपालिका-७ बिममा आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमा नै मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ ।

दरबाङबाट यात्रु लिएर गएको ग१ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना हुँदा मालिका गाउँपालिका-७ विमकी ७० वर्षीया सतदेवी भट्टचन, बिमकै ११ वर्षीया आयुषा जुग्जाली, ९ वर्षीय रवि जुग्जाली र गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका-२ की विष्णु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिएका छन् ।

आइतबार साँझ दुर्घटना भएको र रात परेकाले उद्वारमा केही समस्या भएको प्रहरी निरीक्षक शर्माले बताएका छन । उनका अनुसार सख्त घाइते भएका १२ जनालाई बेनी अस्पतालमा रिफर गरिएको छ ।

घाइतेमध्ये अधिकांश किसानी कृषि प्राविधिक शिक्षालय बिममा अध्ययन गर्ने विद्यार्थी रहेका छन् । उनीहरु दशैं तिहारको बिदा सकिएपछि विद्यालय फर्किएका विद्यार्थी रहेका जनाइएको छ ।

दुर्घटनामा परी घाइते भएका बसका चालक मंगला गाउँपालिका–१ पैयुँपाटाका टेकबहादुर सार्कीसहित १२ जनालाई बेनी रिफर गरिएको र अन्यको दरवाङस्थित प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस सडकदेखि करीब २ सय मिटर तल खसेको जनाइएको छ । दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन । ***

घाइतेको नामावली
१ मालिका-७ बिमका ६० वर्षीय राजमान दर्जी
२ मालिका-७ बिमका हुमबहादुर जुग्जाली
३ मालिका-७ बिमका ३८ वर्षीय पलप्रसाद जुग्जाली
४ मालिका-७ बिमकी २६ वर्षीय नरदेवी परियार
५. बेनी नगरपालिका-९ घतानका १६ वर्षीय विसन खत्री
६. बेनी नगरपालिका-४ राक्सेका १७ बर्षीय गौरब पौडेल
७. बाग्लुङ ताराखोला-५ बस्ने १७ वर्षीय विजय कँडेल
८. बेनी नगरपालिका-४ राक्से बस्ने १९ वर्षीय प्रमिश पौडेल
९. मालिका-७ बिमकी२६ वषीया दिलु शेरपुञ्जा
१०. मालिका-७ बिमकी ६ वर्षीय कृष्टिना जुग्जाली
११. मालिका-७ बिमकी ६१ वर्षीया तनदेवी जुग्जाली
१२. मालिका-७ बिमकी ६० वर्षीया चन्द्रकली दर्जी
१३. मालिका-७ बिमकी ३८ वर्षीया पलदेवी जुग्जाली
१४. मालिका-७ बिमका सुरेश जुग्जाली
१५. मालिका-७ बिम बस्ने ३१ वर्षीया लिला जुग्जाली
१६. धौलागिरी गाउ-३ दर बस्ने १८ वर्षीया रिलमाया बुढा
१७. बेनी नगरपालिका-३ भकिम्ली बस्ने ३५ वर्षीय केशव शर्मा निउरे
१८. मंगला गाउंपालिका–५ छिस्बाङ बस्ने २२ वर्षीया रमिला खत्री
-रासस

तपाईको प्रतिक्रिया