शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडाैं – जिल्ला सरकारी वकिल कार्यालय रौतहटले निलम्बित सांसद मोहम्मद अफताव आलमविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ । आलमविरुद्ध विस्फोटक पदार्थ, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसूरमा कारबाही गर्न माग गर्दै कार्यालयले अभियोगपत्र दायर गरेको हो ।

सरकारी वकिलके कार्यालयले आलमसहित उनका भाइ मोहम्मद महताव आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशंहर साहसमेत विरुद्ध अभियोगपत्र दायर गरेको हो ।

आलममाथि करिब १२ वर्षअघि राैतहटकाे राजपुर फरहदवामा भएकाे बम काण्ड र त्यस घटनाका घाइतेलाई जिउँदै इँटाभट्टाकाे आगाेमा जलाएर मारेकाे आराेप लागेकाे छ । उनलाई साेही आराेपमा २६ असाेजमा प्रहरीले पक्राउ गरेकाे छ । राैतहट बम काण्डका मुख्य आरोपी भनिएका आलम पूर्वमन्त्रीसमेत हुन् ।

तपाईको प्रतिक्रिया