शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडाैं – भारतको राजधानी दिल्लीमा अत्याधिक वायु प्रदूषण भएपछि त्यहाँ स्वास्थ्य आपतकालिन अवस्थाको घोषणा भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले दिल्लीको वायु प्रदूषण ‘असहनीय तह’मा पुगेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनले यस वायु प्रदूषण सुर्ती तथा चुरोट सेवन गर्नु बराबर रहेको ठहर गरेको छ । दिल्लीमा वायु प्रदूषण घातक अवस्थामा पुगेपछि दिल्ली सरकारले त्यहाँ सोमबारदेखि जोर बिजोर प्रणाली लागू गरेको छ । यस योजनाले वायु प्रदूषण कम हुने विश्वास व्यक्ति गरिएको छ । सरकारको यस निर्णय अनुसार दिल्लीमा आज सोमबारदेखि १५ नोभेम्बरसम्म जोर बिजोर नियम लागू हुनेछन् । जोर बिजोर प्रणालीअनुसार आजैबाट सवारी साधनहरु चल्न चल्न पाउनेछन्  ।

सन् २०१६ र २०१७ मा पनि वायु प्रदूषणपछि जोर बिजोर प्रणाली अपनाइएको थियो । यद्यपी यसले वायु प्रदूषणको मात्रा घट्नमा मद्दत गर्यो या गरेन भनेर केही खुलाइएको छैन । अधिकारीहरुका अनुसार दिल्लीको हावामा यतिबेला घातक मानिएको पिएम २.५ कणहरु निकै थुप्रिएका छन् । यसले मानिसको स्वासप्रस्वासमा असर गर्ने बताइएको छ । आइतबार दिल्लीमा अवतरण हुनुपर्ने ३० वटा विमानहरु अवतरण हुन सकेनन् । बीबीसीका अनुसार वायु प्रदूषणका कारण विमानका पाइलटले धावनमार्ग राम्रोसँग नदेखेपछि ३० वटा विमान डाइभर्ट गरिएका थिए ।

दिल्लीमा शुक्रबारदेखि नै विद्यालयहरु बन्द रहेका छन् । साथै निर्माण कार्यहरु तत्कालका लागि ठप्प पारिएका छन् । यसअघि दिल्लीका विभिन्न विद्यलयमा विद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै त्यहाँको प्रशासनले ५० लाख मास्क वितरण गरेको थियो । भारतीय संचारमाध्यमका अनुसार दिल्लीका प्रत्येक व्यक्तिले मास्क लगाउनुपर्ने अवस्था रहेको छ ।

भारतमा हालै दिवाली पर्व सम्पन्न भएको छ । यसै पर्वमा पटेकाहरु अधिक मात्रामा पड्काइएपछि यसबाट निस्किएको धुवाँले दिल्ली ढाकेको बताइएको छ । साथै दिल्ली वरपरका क्षेत्रमा किसानहरुले आफ्ना खेतलाई खाली गर्नका लागि फोहोरहरु डढाएका कारण पनि दिल्लीमा प्रदूषण बढेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया