टोकियो – आउँदो सेप्टेम्वर ३ तारिखका दिन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जापान शाखाको दोस्रो अधिवेशन टोकियोमा हुने भएको छ ।
प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्री पंगेनीको प्रमुख आतिथ्यताका हुन गईरहेको दोस्रो अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्वसहितको कार्यसमिति गठन हुने भएको छ ।
जापानमा रहेका लोक तथा दोहोरी गीत-संगीत तथा सरोकारवला क्षेत्रमा संबद्ध कलाकर्मीहरुको साझा चौतारीकारुपमा दुई वर्ष अगाडि स्थापित प्रष्ठिानको जापान शाखाले हरितालिका तीजको अवसर पारेर आफ्नो दोस्रो अधिवेशन गर्न लागेको हो ।
विविध सांगीतिक कार्यक्रम सहित हुने अधिवेशनमा केन्द्रीय अध्यक्ष पंगेनीका साथै नेपालबाट जापान आएका उपलब्ध अन्य कलाकारहरुको पनि विशेष उपस्थिति रहने बताईएको छ ।
अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन समितिमा रामकृष्णबम मल्ल, विधान संशोधन समितिमा पिताम्बर चापागांई, प्रचारप्रसारमा अमित सापकोटा, कार्यक्रम तथा हल ब्यवस्थापनमा ईश्वरी कँडेल, अतिथि व्यवस्थापनमा सोना केसी र आर्थिक व्यवस्थापनमा सूर्य खड्कालाई संयोजक तोकिएको छ ।
प्रतिष्ठानको जापान शाखामा आबद्ध हुनका लागि यही अगष्ट २५ तारिखसम्म नयाँ सदस्यता ग्रहण गरिदिन र सदस्यता लिईसकेकाहरुले नविकरण गरिदिन प्रतिष्ठानका जापान अध्यक्ष युवराज आचार्यले अपील गरेका छन् । अधिवेशन टोकियो शिनओकुबोस्थित रोधी क्लवमा हुने बताईएको छ ।
नेपाली समाजमा सचेत र फरक पहिचान बोकेका कलाकर्मी तथा पत्रकारहरुको संस्थाको कार्यक्रम अन्य औसत कार्यक्रमहरु भन्दा व्यवस्थित, पृथक र स्मार्ट हुनुपर्ने जनअपेक्षा हुनु स्वभाविकै हो तथापि सो अनुसारको पर्फमेन्स सम्बन्धित आयोजक पक्षबाट हुन सकेन भने यिनीहरु पनि उस्तै त रहेछन् भन्ने सन्देश जनमानसमा पर्ने हुँदा यसतर्फ आयोजक पक्षको विशेष ध्यान जानुपर्ने जानकारहरु बताउँछन् ।***