काठमाडाैं – यो साता संसारभर खिचिएका समाचार तस्बिरहरूमध्ये हामीले छानेका उत्कृष्ट तस्बिरहरू यस्ता छन् :-
टेक्ससको एल पासोमा भएको गोलीकाण्डपछि स्थानीय बासिन्दाहरू मोबाइल फोन बालेर प्रार्थनामा सहभागी भएका छन्। गोलीकाण्डमा २२ जना मारिएका थिए ।
ब्रिटेनको डर्बीसायरमा भएको बाँध मर्मतका लागि पुगेको सेनाको हेलिकोप्टरबाट बालुवाका बोरा खसालिएका थिए। बाँध फुट्ने डरले नजिकैका बासिन्दाहरूले छ दिन घर छोडेका थिए ।मलेशियाको अग्नि तथा उद्धार विभागले जङ्गलमा हराएकी एक १५ वर्षीया बालिकालाई रेकर्ड गरिएको उनकी आमाको आवाज बजाउँदै खोजेको थियो, मानसिक समस्या भएकी ती बालिका अझै फेला परेकी छैनन् ।हङकङमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा प्रहरी कार्यालयमा ढुङ्गा हान्दै एक प्रदर्शनकारी, त्यहाँ प्रदर्शन रोकिएको छैन ।भारतीय तेस्रोलिङ्गी महिला टिस्टा दासले कोलकातामा परम्परागत शैलीमा विवाह गरेकी छन् ।चर्चित साङ्गीतिक समूह द बिटल्सको चर्चित फोटोको स्वर्णजयन्तीको अवसरमा हजारौँ प्रशंसकहरूले लण्डनमा त्यस्तै तस्बिर खिच्ने प्रयास गरेका छन् ।सर्लाहीको मलङ्गवाबाट काठमाण्डू आउँदै गरेको बस शुक्रवार त्रिशूली नदीमा खसेपछि प्रहरीले यात्रुको उद्धार गरेका थिए ।कैलालीको टीकापुर नगरपालिकामा सडकमै रहेको छाउगोठ जहाँ महिलाहरू महिनावारी भएका बेला पाँच दिन सुत्ने गर्छन् ।भोजपुरको टक्सार विमानस्थलमा नेपाल एयरलाइन्सको नयाँ जहाज वाई१२ ले परीक्षण उडान गरेको छ ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।