Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – नेपाली आर्चरी टोली अहिले ओलम्पिक २०२० को तयारीका लागि जापानमा अभ्यास गरिरहेको छ । नेपाली टोलीले अगस्ट १ देखि आगामी सेप्टेम्बर ३ सम्म जापानको ओसाकाको टोकोसी शहर अभ्यास गर्नेछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालबाट अभ्यासका लागि आर्चरीसँगका ४ जना खेलाडी र एक जना प्रशिक्षक गरि पाँच जना सहभागी भएका छन् । जसमध्ये २ जना पुरुष खेलाडी र २ जना महिला खेलाडी रहेको आर्चरी संघका अध्यक्ष तथा प्रशिक्षक दिपक गुरुङले बताए । उनले नेपाली टोलीले जापानमा गरेको अभ्यासले काठमाडौं र पोखरामा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रत्यक्ष सहयोग गर्ने बताएका छन् ।

‘यहाँ अभ्यास राम्रो भइरहेको छ । खेलाडीको फिजिकल फिटनेश देखि सबै कुरा सेड्युल अनुसार भइरहेको छ । नेपालमा भन्दा यहाँ अभ्यास गर्न सहज छ,’ प्रशिक्षक गुरुङले भने,‘यो अभ्यास खासमा हामीले ओलम्पिक २०२० का लागि भनेर शुरु गरेका हौं । तर, पनि यसले प्रत्यक्ष रुपमा सागलाई सहयोग गर्नेछ ।’

सागका लागि आर्चरीबाट १६ जना खेलाडी सहभागी हुनेछन् । जसमध्ये अहिले ४ जना जापानमा रहेका खेलाडी र बाँकी रहेका ८ जना खेलाडी अब केही दिनभित्रै अभ्यासका लागि पोखरा जाने प्रशिक्षक गुरुङले बताए । काठमाडौंको हल्चोकमा अभ्यास गरिरहेका आर्चरी खेलाडी सागको अभ्यासका लागि पोखरामा रहेको आर्चरीको ‘कोर्ट’ मा अभ्यास गर्नेछन् ।

तपाईको प्रतिक्रिया