Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौँ – कोपा अमेरिका प्रतियोगितामा भ्रष्टाचार भएको आरोप लगाएपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीमाथि अन्तर्राष्ट्रिय खेलमा तीन महिना प्रतिबन्ध लगाइएको छ ।

३२ वर्षीय बार्सिलोनाका फरवार्ड मेस्सी चिलीबिरुद्ध तेस्रो स्थानको लागि भएको खेलमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । खेलपछि उनले प्रतियोगिता ब्राजिलले जितोस् भनेर मिलेमतो गरिएको आरोप लगाएका थिए ।

खेलको ३७ औँ मिनेटमा ग्यारी मेडेलसँगको विवादपछि दुवै खेलाडीले रातो कार्ड पाएका थिए । उक्त खेलमा अर्जेन्टिना २–१ ले विजयी बनेको थियो ।

दक्षिण अमेरिकी फुटबल कन्फेडरेसनले मेस्सीमाथि ५० हजार डलर जरिवानामा पनि तोकेको छ ।

निलम्बनविरुद्ध अपिल गर्न मेस्सीसँग सात दिनको समय रहेको छ ।

प्रतिबन्धका कारण मेस्सीले सेप्टेम्बर र अक्टोबरमा हुने चिली, मेक्सिको र जमर्नीबिरुद्धको मैत्रिपूर्ण खेल गुमाउने छन् ।

अर्जेन्टिनाले सन् २०२० को विश्वकप छनोट मार्चबाट सुरु गर्नेछ ।

सेमिफाइनलमा आयोजक ब्राजिलसँग २–० ले पराजित भएपछि अर्जेन्टिनी फुटबल एशोसिएसनले रेफ्रीको निर्णयमाथि प्रश्न उठाएको थियो । दक्षिण अमेरिकी फुटबल संघले उक्त आरोपको पनि खण्डन गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया