Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टी २० विश्वकपमा पुग्ने नेपालको सपना समाप्त भएको छ । सिंगापुरमा भएको टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा सिंगापुरसँग नै पराजित हुँदै ग्लोबल क्वालिफायर पुग्न असफल बनेपछि नेपालको विश्वकप पुग्ने बाटो बन्द भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

५ राष्ट्र सहभागी एसिया क्वालिफायरमा अघोषित फाइनलको रुपमा रहेको सिंगापुरविरुद्धको खेलमा नेपालले खराब ब्याटिङ गरेपछि हार बेहोर्न बाध्य भयो । सिंगापुरले घरेलु मैदानमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको थियो । इन्डियन एसोसिएसन ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली सिंगापुरले २० ओभरमा १९१ रन बनाएको थियो ।

१९२ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो । कतारविरुद्धको पहिलो खेलमा अप्रत्यासित हार बेहोरेपछि नेपाललाई बाँकी सबै खेल जित्ने चुनौती थियो । मलेसिया र कुवेतलाई सहजै हराउँदै नेपालले सिंगापुरविरुद्धको खेललाई अघोषित फाइनल बनाएको थियो । उता घरेलु मैदानमा सिंगापुरले उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रहेर विजेता बन्यो ।

तपाईको प्रतिक्रिया